जंगली च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

  • मङगलबार १९ साउन २०८३ ११:०१ AM
बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएका थिए । च्याउ खाएको केही समयपछि दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई रा