स्कुल बस दुर्घटना,चालकसहित ६ जना घाइते

  • मङगलबार १९ साउन २०८३ ११:०१ AM
काठमाडौं : महोत्तरी,गौशाला नगरपालिका –०९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन् । मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा बस चालक गौशाला नगरपालिका –०५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ ।घाइतेहरूको उपचारका लागि