एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । ट्रम्पकाअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो वार्ता प्रक्रिया अघि बढेको