कास्कीमा ग्यास अभाव हटाउन प्रशासन सक्रिय, आपूर्ति सहज बनाउन अनुगमन तीव्र

  • मङगलबार १९ साउन २०८३ ०४:३२ AM
कास्की । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन सक्रिय पहल थालेको छ । कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरामा रहेका ग्यास बिक्रेतालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र नियमित