काठमाडौं : बाजुरामा जंगली च्याउ खाएका मध्ये एक जना पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। बडीमालीका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाको उपचार जारी छ। सोमबार बेलुकी साढे ४ बजे स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ थापा दम्पत्तीले खाएका थिए। च्याउ खाएर गम्भीर बिरामी परेका दम्पत्तीलाई राति सवा १० बजेतिर जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो। उपचारका क्रममा राति चिकित्सकले श्रीमान् रामे थापालाई मृत घोषणा गरेका थिए। नाम्सरीको अवस्था पनि गम्भीर रहेको र उपचार जारी रहेको प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी ... The post जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु appeared first on Kalika Khabar.