धनकुटा : सडक विस्तारसँगै पानीका मुहान सुक्ने, पहिरो जाने र खानेपानीको संकट गहिरिने समस्या बढिरहेका बेला धनकुटा नगरपालिकाले ‘रोड फर वाटर’ मोडल लागू गर्दै सडक र पानीका स्रोतलाई सँगसँगै संरक्षण गर्ने नयाँ अभ्यास सुरु गरेको छ।अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)लगायतका साझेदार संस्थासँगको सहकार्यमा सञ्चालित यो परियोजना धनकुटा नगरपालिका–८ अन्तर्गत त्रिवेणी–याक्चना घाट जोड्ने सडक क्षेत्रमा कार्यान्वयन भइरहेको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत तथा सूचना अधिकारी वि