इलाम : इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट फर्कँदै गरेको छोरालाई स्थानीय खोल्साले बगाएर मृत्यु भएपछि आमाले पनि आत्महत्या गरेकी छन् । गुल्मी स्थायी घर भई विगत ८/९ वर्षदेखि माइतीघर माईजोगमाई–२ मा बसोबास गर्दै आएका अनिल खत्रीको छोरा ११ वर्षीय आहान खत्री विद्यालयबाट घर फर्कने क्रममा हिजो बजुर खोलाले बगाएर मृत्यु भएको थियो । छोराको मृत्यु भएकै कारण मृतक आहान खत्रीको ममी ३५/३६ वर्षीय अमृता लेप्चा खत्री आफ्नै घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखको हाँगामा प्लाष्ट