अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण

  • मङगलबार १९ साउन २०८३ ०२:१७ AM
भद्रपुर । साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा