सुकुम्वासीलाई जग्गाको निस्सा दिलाईदिने नाममा असुली धन्दा

  • मङगलबार १९ साउन २०८३ ०२:४२ AM
सुकुम्वासीहरुलाई जग्गाको निस्सा दिलाईदिने नाममा असुली हुन थालेको छ। पछिल्लो केही समययता निवेदन दर्ता गरिदिने र जग्गाको निस्सा दिलाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको गुनासो भूमि व्यवस्था मन्त्रालयमा पुगेको छ। मन्त्रालय अन्र्तगतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी