चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्तासमेत गरिएको छ । पछिल्लो समय अनलाइन