पाँच दिनपछि प्रतिनिधिसभाको बैठक बस्दै

  • मङगलबार १९ साउन २०८३ ०१:४२ AM
काठमाण्डु – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक पाँच दिनपछि मंगलबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१–८२ पेस गरने सम्भावित कार्यसूची छ। बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेकफ जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।