निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन इप्पानको आग्रह, आयोगलाई १२ बुँदे सुझाव

  • मङगलबार १९ साउन २०८३ ०२:०८ AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत् नियमन आयोगसमक्ष विद्युत् क्षेत्रको नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणका लागि १२ बुँदे ध्यानाकर्षण पत्र पेस गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा आयोग पुगेको प्रतिनिधिमण्डलले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने, नियामकीय प्रक्रिया सरल बनाउने तथा जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधानका लागि आयोगको