केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। काठमाडौँ र ललितपुरलाई जोड्ने र बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरमा