कपिलवस्तु, १८ साउन । शिद्धार्थ क्याम्पसका पूर्व स्ववियु सभापति शुलिल पौडेलले बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको जग्गा बिक्रीको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको आफ्नो धारणा मार्फत पौडेलले आफूले सिद्धार्थ क्याम्पसको गुम्दै गएको जग्गा फिर्ता गराउन औपचारिक रूपमा आठ वर्षसम्म निरन्तर संघर्ष गरेको उल्लेख गरेका छन्