बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना पारित गरेको छ । नगरपालिकाका अनुसार बैठकले गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रम आगामी २१ गते बिहीबार बिहान ११ बजे नगरपालिकाको सभा हलमा आयोजना गर्ने निर्णय गरेको छ