काठमाडौं। पर्यटनबारे चर्चा हुँदा प्रायः नयाँ गन्तव्य, पर्यटकको संख्या वा होटल व्यवसायको विषय अगाडि आउँछ। तर, पर्यटनलाई दिगो विकास, समुदायको समृद्धि र सार्वजनिक नीतिसँग जोडेर निरन्तर बहस गर्ने व्यक्तिहरू भने कमै छन्। त्यही सूचीमा पर्ने नाम हो, सुधन सुवेदी। कीर्तिपुरमा २०३८ साल जेठ २९ गते जन्मिएका सुवेदी पछिल्ला करिब २५ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा विभिन्न भूमिकामा सक्रिय छन्। पर्यटन व्यवसायी, अनुसन्धानकर्ता, अध्यापक, ट्राभल लेखक र सञ्चार रणनीतिकारका रूपमा उनले काम गर्दै आएका छन्। पर्यटनलाई आर्थिक गतिविधिभन्दा माथि उठाएर संस्कृति, सम्पदा, समुदाय र दिगोपनसँग जोड्ने उनको दृष्टिकोणले उनलाई फरक बनाएको छ। नेपाल पर्यटन ... The post सुधन सुवेदी: पर्यटनलाई ‘प्रचार’बाट ‘नीति’तर्फ मोड्ने अभियानमा एक अध्येता appeared first on Kalika Khabar.