तेहरान, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी समयअनुसार सोमबार दिउँसो वार्ता पुनः सुरु हुने बताएका छन् । तेहरानले ओमानसँग हर्मुज जलमार्गमार्फत नयाँ ढुवानी मार्गबारे सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ । राष्ट्रपति ट्रम्पले भने, ‘इरानी प्रतिनिधिहरूसँग सोमबार दिउँसो वार्ता सुरु हुनेछ ।’ उनले वार्ता कहाँ हुने वा कसको सहभागिता रहने भन्ने कुरा भने