पक्राउ परेको २४ घण्टा नपुग्दै रिहा भए दुर्गा प्रसाईं

  • सोमबार १८ साउन २०८३ ०३:१० PM
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका छन् । सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँ भक्तपुर जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका हुन् । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक