काठमाण्डु – नेपाली कांग्रेसले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । साउन १६ गतेदेखि ३ दिनसम्म सञ्चालन गरिएको पूर्वतयारी तथा प्रतिकार्य तालिमको समापनका अवसरमा ४० युवा सहभागीलाई समेटेर टोली गठन गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित तालिम समापन कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा पार्टी