सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल गरिएको छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सुर्खेतको वीरेन्द्रनगरस्थित दलित समुदायका विद्यार्थीका लागि निर्माण गरिएको छात्रावासमा भएको सरकारी लगानी प्रभावकारी रूपमा उपयोग हुन नसकेको भन्दै छानबिनको माग गरेका छन् । उनले उक्त छात्रावास निर्माणमा लाखौंदेखि करोडौं रुपैयाँसम्म सरकारी लगानी भए पनि संरचना