बिहार विधानसभाको उपचुनावमा प्रशान्त किशोर विजयी

  • सोमबार १८ साउन २०८३ ०८:०१ PM
काठमाडौं : भारतको बिहारस्थित बांकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोर विजयी भएका छन्।भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको बांकीपुर विधानसभा सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। उक्त निर्वाचनमा ३५ प्रतिशतभन्दा कम मत खसेको थियो, जसलाई लिएर विभिन्न विश्लेषण र आशंका व्यक्त गरिएका थिए।मतगणनाका सबै ३२ चरण सम्पन्न भएपछि प्रशान्त किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ भन्दा बढ