काठमाडौं । झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको हो । दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा छ, हल्दिबारी गाउँपालिकामा