परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण

  • सोमबार १८ साउन २०८३ ०१:५१ PM
काठमाण्डु – नेपाल परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले कूटनीतिक भाषा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार काठमाण्डुको त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०२६ मार्फत प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रमको