भक्तपुर : थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार नदेखिएपछि दुर्गा प्रसाई छुटेका छन्। मुख्य न्यायाधीश नवराज दाहालको इजलासले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार नदेखिएको भन्दै अनुमति नदिएको अदालत स्रोतले जनाएको छ।प्रसाईंलाई आइतबार राति निकोसेरास्थित निवासबाट पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी परिसर भक्तपुरले म्याद थपका लागि सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो।