सरोकारवालासँगको परामर्शबिना ल्याइएको नियमावली दिगो हुँदैनः सांसद थपलिया

  • सोमबार १८ साउन २०८३ १२:४० PM
काठमाडौं । नेपाली काँग्रेसकी सांसद सीता थपलियाले सरकारले कुनै पनि नीति वा नियमावली तर्जुमा गर्दा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्नुपर्ने बताएकी छन् । सोमवार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उनले सो कुरा बताएकी हुन् । सांसद थपलियाले