रोमानियामा रेलको ठक्करबाट २ जना नेपालीको मृत्यु

  • सोमबार १८ साउन २०८३ ११:३५ AM
काठमाडौं । रोमानियामा रेलले ठक्कर दिँदा दुईजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ र ३६ वर्षका नेपाली नागरिक रहेका छन् भने परिचय भने खुल्न बाँकी छ । राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल ट्रयाकमा दुर्घटना भएको हो । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले घटनाबारे जानकारी पाएको र आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ । रोमानियामा नेपालको दूतावास छैन । The post रोमानियामा रेलको ठक्करबाट २ जना नेपालीको मृत्यु appeared first on Kalika Khabar.