काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको ८ वटा दफामा सहमति जुटाएको छ।सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकमाथि दफवार छलफल गर्दै दफा १ देखि ८ सम्म सहमति जुटाएको हो। विधेयकका केही दफाहरूलाई प्रस्ताव गरिएकै रूपमा यथावत् पारित गरिएको छ भने दफा ४ मा बैंकको उद्देश्यमा मूल्य स्थिरता कायम गर्ने, बैंकिङ तथा वित्तीय क्षेत्र र बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने र नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्याउने राखिएको छ