यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन कार्यविधि आवश्यकः अध्यक्ष सिटौला

  • सोमबार १८ साउन २०८३ ११:१६ AM
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन व्यवसायीहरू तयार रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित बागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष सिटौलाले व्यवसायीहरू प्रविधि अपनाउन सकारात्मक भए पनि सरकारले स्पष्ट कार्यविधि नबनाएका कारण कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गरे