अत्यास लाग्दो यो झरीमा कोही त मन मिल्ने साथी भेटियोस्, मनको बह पोख्न पाइयोस् भने कति आनन्द हुन्थ्यो होला भन्ने लाग्छ कहिलेकाहीँ । तर रहर र कल्पनाले कहिल्यै नछोड्ने यो मानिसको जीवन पनि कस्तो अचम्मको हुँदो रहेछ । यसरी हेर्दा लाग्छ, यहाँ सबै मानिस कति सुखी होलान् । तर विस्तारै सामीप्यता बढाउँदै जाँदा थाहा हुँदो