परराष्ट्रमन्त्री खनालसँग मोरक्कोका राजदूत मलिकीको भेट

  • सोमबार १८ साउन २०८३ ११:५६ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल र मोरक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ । मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७ औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय