काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ए वान पोलीमार एण्ड वेभरेज प्रालि र जय शम्भु डेरी उद्योगमा अनुगमनपश्चात कारबाही गरेको छ । विभागमा आएको गुनासो र उजुरीपछि गरिएको अनुगमनमा कैफियत भेटिएपछि दुवै व्यवसायलाई कारबाही र आवश्यक निर्देशन दिइएको हो । भक्तपुरको भक्तपुर नगरपालिका–८ लिवालीमा रहेको जय शम्भु डेरी उद्योग प्रालिमा अनुगमन गरेको थियो