सभामुख र सांसदकै गाउँ बर्सेनि हिलोमा, बिरामी बोक्न पनि सकस

  • सोमबार १८ साउन २०८३ ०५:०१ PM
धादिङ : देशको सर्वोच्च राजनीतिक नेतृत्वमध्येका वर्तमान सभामुखको पुर्ख्यौली गाउँ र धादिङ-२ का सांसदको गृहगाउँ नै वर्षा लाग्नेबित्तिकै सडक समस्याले थलिने गरेको छ। धादिङको ज्वालामुखी गाउँपालिका-२ मैदी, जहाँ सभामुख डिपी अर्यालको पुर्ख्यौली घर र सांसद बोधनारायण श्रेष्ठको घर रहेको छ, त्यहाँका स्थानीयले वर्षौंदेखिको सडक समस्याबाट अझै मुक्ति पाउन सकेका छैनन्।निर्वाचनका बेला विकासका प्रतिबद्धता गर्ने नेताहरू अहिले राज्यको उच्च तहमा पुगे पनि गाउँ जोड्ने सडक वर्षा सुरु हुनासाथ हिलो र लेदोले अवरुद्ध हु