सुनकोशीमा खसेको कार खोजी कार्यका लागि गोताखोर परिचालन

  • सोमबार १८ साउन २०८३ १०:२६ AM
काठमाण्डु – सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोर परिचालन गरिएको छ । कार दुर्घटनाको खबर पाएपछि खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोर सहितको टोली परिचालन भएको छ । खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख