कोशी सरकारको नेतृत्वबारे अन्योल एक–डेढ साताभित्र टुंगिन्छ: शेरधन राई

  • सोमबार १८ साउन २०८३ १०:५३ AM
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल एक–डेढ साताभित्र टुंगिने बताएका छन् । सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलगायत प्रदेश सांसदहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकारको नेतृत्वबारे बाँकी रहेको ‘सानो गाँठो’ छिट्टै फुक्ने दाबी