एजेन्सी । दक्षिण अस्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठुलो सङ्ख्यामा समुद्री चराको मृत्यु एच५ एन१ बर्डफ्लुका कारण भएको पुष्टि भएको अधिकारीले सोमबार बताएका छन् । कृषि, मत्स्य तथा वनमन्त्री जुली कोलिन्स र वातावरण तथा जलमन्त्री मरे वाटले पत्रकार सम्मेलनमा ‘ग्रेटर क्रेस्टेड टर्न’ प्रजातिका चरामा अत्यधिक सङ्क्रामक एच५ एन१ एभियन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको जानकारी दिएका