पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

  • सोमबार १८ साउन २०८३ १०:१६ AM
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। ‘पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ। अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने, ‘पहिरो हटाउन