नेपाल लिकर्सका सीईओ तुलाधरलाई ‘एशिया बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड’

  • सोमबार १८ साउन २०८३ १०:४५ AM
काठमाडौं । नेपाल लिकर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश वीर सिंह तुलाधर ‘एशिया बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२६’बाट सम्मानित भएका छन्। सिंगापुरमा हालै आयोजित कार्यक्रममा उनले उक्त अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका हुन्। पुरस्कार ग्रहणपछि तुलाधरले यो उपलब्धि नेपाल लिकर्स परिवारका सम्पूर्ण सदस्यको कडा परिश्रम, समर्पण र प्रतिबद्धताको परिणाम भएको बताए।