सिन्धुली :सुनकोसी नदीमा कार खस्दा बेपत्ता भएकामध्ये दुईजनाको पहिचान खुलेको छ। कारका चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिल कुमार लामा र स्काइभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ का अन्दाजी २७/२८ वर्षीय गणेश थापाको पहिचान खुलेको हो। अर्का एकजनाको पहिचान खुल्न बाँकी छ। उनीहरूको खोजि कार्य जारी छ।मध्य पहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका-२ नवलपुरबाट कार सुनकोसी नदीमा खस्दा चालकसहित तीनजना वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी ) विजय श्र