काठमाडौं : सव-डिभिजन वन कार्यालय,बन्दीपुर सिरहाका कार्यालय प्रमुखविरुद्ध आरोप -पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख राम केवल रायविरुद्ध सोमबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो।अख्तियारले प्रवक्ता सुरेश न्यौपानेले अनुसन्धानका क्रममा रायले काष्ठ उद्योगमा काठ लिइ आएका ट्रकहरूले शिल खोलेको मुचुल्का गरिदिए बापत घुस लिएको पुष्टि हुनआएपछि आरोप- पत्र दायर गरेको जानकारी दिए।रायलाई अख्तियारको टोलीले केहीदिनअघि १२ हजार घुससहित नियन्त्रणमा लिएको थियो&nbs