काठमाण्डु– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फौज नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको घटना राष्ट्रिय सभामा प्रवेश गरेको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले त्यसबारे सरकारसँग जवाफ मागेका छन् । सांसदहरूले सीमा सुरक्षामा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै भारतीय पक्षका यस्ता गतिविधि रोक्न प्रभावकारी पहल गर्न सरकारलाई