मुग्लिन नजिकै फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • सोमबार १८ साउन २०८३ ०९:२८ AM
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार पटक–पटक पहिरो खस्दा सवारी आवागमन दिनभर प्रभावित बनेको छ ।बिहान विभिन्न स्थानमा खसेको पहिरो र ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो मुग्लिन बजार नजिकै पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै दिउँसो २ः१० बजे पहिरो झरेपछि सडक दुईतर्फी बन्द