काठमाण्डु – जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा घरमै पुर्याइदिन समन्वय गरेको छ । एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सबडिलरमार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्याउने व्यवस्था मिलाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा