पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक, यातायात सञ्चालन प्रभावित

  • सोमबार १८ साउन २०८३ ०९:२५ AM
गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा सोमबार दिउँसो सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरो हटाउने क्रममा थप पहिरो खस्दा सडक खुलाउन प्रयोग