कृषि प्रयोगशालाकी कर्मचारीको मृत्यु प्रकरणमा पक्राउ परे नासु

  • सोमबार १८ साउन २०८३ १०:०६ AM
कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा कविलाल बीसीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत चन्द्रा सिंह शनिबार बिहान कार्यालयकै आवासगृहको शौचालयमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनका श्रीमान् महेश बस्नेतले तत्काल उद्धार गरी देउती