परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

  • सोमबार १८ साउन २०८३ ०३:०१ PM
काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मनोहराबाट नियन्त्रणमा लिएको हो।सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले राहदानी कसूरमा भट्टराईलाई नियन्त्रणमा लिइएको बताए। उनले अन्नपूर्णसँग भने,' गलत विवरणका आधारमा ट्राभल डकुमेन्ट बनाइदिएको पाएपछि थप अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो।'उनीमाथि तिब्बतीको नाममा गलत विवरणका आधारमा ट्राभल डकुमेन्ट बनाइदिएको आरोप छ।