काठमाण्डु– परराष्ट्र मन्त्रालयका सह–सचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । भट्टराईलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाण्डुको कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । सिआईबीका एसएसपी अनुपम शमशेर जबराले सहसचिव भट्टराईलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार भट्टराईले एक व्यक्तिलाई गैरकानूनी रुपमा ट्राभल डकुमेन्ट बनाइदिएका थिए । उनीमाथि राहदानी ऐन उल्लंघन कसुरमा अनुसन्धान थालिएको