भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिक, यस्ता छन् १९ वटा वार्षिक कार्यक्रमहरू

  • सोमबार १८ साउन २०८३ ०९:१२ AM
काठमाडौं । महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज लिग, रेफ्री प्रशिक्षक कोर्षका साथै विभिन्न उमेर समूहका कुल १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो