काठमाडौं । सुनकोशी नदीमा कार खस्दा कारमा रहेका चार जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना पर्ने लिखु खोलानजिक सडकमा रोकिएको कारलाई बसले ठक्कर दिएको थियो। त्यसपछि कार सुनकोशी नदीमा खसेको हो । कारका धनी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका ठेकेदार दीलकुमार लामासहित चार जना सवार रहेको प्रहरीले जनाएको छ ।