काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सरकारले महँगी नियन्त्रण गर्न र अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद रोकायाले बढ्दो महँगीका कारण सर्वसाधारणलाई दैनिक चुलो–चौको चलाउनै कठिन हुन थालेको बताए । उनले छिमेकी मुलुकमा मूल्य घटिसक्दा पनि नेपालमा एलपी ग्यासको मूल्य नघटाइएको भन्दै सरकारप्रति असन्तुष्टि