काठमाडौं । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार खसेको कार र यात्रुको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ । कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको हो । बेपत्ता कारको खोजीकार्यमा सो बेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली